नियम
समितिको काम, कर्तव्य र अधिकार
  यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः –
(क) नयाँ नेपाल निर्माणको लागि व्यापक जनपरिचालन हुने नीति तथा योजना तयार गर्ने,
(ख) कोषले लगानी गर्ने योजना सम्बन्धी नीति निर्धारण गर्ने,
(ग) लगानीको लागि उपयुक्त योजनाको पहिचान गर्ने,
(घ) कोषले लगानी गर्ने योजना सम्पन्न गर्नु पर्ने अवधि र आकार तोक्ने,
(ङ) योजना सञ्चालनका लागि प्राप्त भएका प्रस्तावहरु अध्ययन स्वीकृत गर्ने,
(च) योजना सञ्चालन सम्बन्धी मापदण्ड तथा कार्यविधि बनाउने,
(छ) योजना सञ्चालनका लागि आवश्यक साधन स्रोतको व्यवस्था गर्ने,
(ज) कोषको कार्यक्रम तथा बजेट स्वीकृत गर्ने,
(झ) नर्या नेपाल निर्माण गर्ने सन्दर्भमा नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने वा गराउने,
(ञ) कोषको उद्देश्य प्राप्तिका लागि अन्य आवश्यक काम गर्ने वा गराउने ।